Logo

१९ वर्षको उमेरमा आयुष्मान खुरानाको मायामा परेकी ताहिरा



एजेन्सी, २९ भदौ । बलिउडका चर्चित अभिनेता आयुष्मान खुरानाले आज आफ्नो जन्मदिन मनाउदै छन् । उनको आज ३७औं जन्मदिन हो । उनको जन्मदिनको अवसरमा आफन्त, साथीहरु तथा फ्यानहरुले बधाई तथा शुभकामना दिइरहेका छन् । आज उनी मात्र नभएर उनकी पत्नी ताहिरा कश्यप पनि चर्चामा छिन् । ताहिराले आज विशेष किसीमले आयुष्मानलाई शुभकामना दिएकी छिन् । ताहिराले सामाजिक सञ्जालमार्फत आयुष्मानको सँगको पहिलो भेटलाई स्मरण गराएकी छिन्।  उनी सामाजिक सञ्जालमा निकै संक्रिय छिन् ।

तस्विर शेयर गर्दै उनले लेखेकी छिन्, ‘म १९ वर्षकी थिए, तिम्रो फ्रेम,बाइक, म्याचिङ स्वेटर र मफलरको साथमा निकै कुल पाए, तर मेरो दिल जित्न तिमिले गितार बजाएर गीत गाएका थियौ । तिम्रो यस कलाप्रति सधै म पागल भए ।’

ताहिराले अगाडी लेखेकी छिन्,‘तिमी मेरो लागि ठुलो विश्वास पात्र र चियर लिडर पनि हौ । जन्मदिनको शुभकामना’ सामाजिक सञ्जालमा आज आयुष्मानको लागि ताहिराले लेखेको पोस्ट तिव्ररुपमा भाइरल भैरहेको छ ।



प्रतिक्रिया दिनुहोस्