Logo

बलिउडका लगातार ३ फिल्म फ्लप, अक्षय–अमिताभ–कंगनालाई हेर्न गएनन् दर्शक



एजेन्सी, २९ भदौ । कोरोना महामारी पछि संचालनमा आएका भारतीय सिनेमाहलमा अझैपनि सोचेजति दर्शकहरुको उपस्थिति हुन सकेको छैन् । उच्च जोखिम मोलेर रिलिज गरेका तीन फिल्महरु असफल भएका छन् ।

बेलबटम, चेहरे पछि थलाइवी पनि सिनेमाघरमा फ्लप भएको छ । मल्टीप्लेक्स चेनमा विवाद भएपछि थलाइवी मल्टीप्लेक्समा रिलिज भएन्, तर जुन–जुन सिनेमाघरमा प्रदर्शन गरियो त्यहाँ दर्शकहरु उपस्थिति कम भयो । कंगना रनौटको यस फिल्म पनि अक्षय कुमार र अमिताभ बच्चनको फिल्म जस्तै असफलको सुचीमा परेको छ ।

अक्षयको बेलबटम ठुलो स्टारको सिनेमाघरमा प्रदर्शन भएको पहिलो फिल्म थियो । रिलिजको सुरुमा अक्षय कुमारको नामैले पनि दर्शकहरु आउने र टिकट खरिद गर्ने आशा गरिएको थियो तर नत सिनेमाघरमा दर्शक उल्लेख्य मात्रा आए नत रौनक आयो । फिल्म निर्माण पक्षको त झन् आशा र विश्वास नै ध्वस्त हुन पुग्यो ।

बेलबटम पछि अमिताभ बच्चन र इमरान हाशमीको फिल्म ‘चेहरे’ले दर्शक तान्ने आशाले सिनेमाघरमा प्रदर्शन गरियो तर, झन् फिल्मको हालत बेलबटमको भन्दा पनि नराम्रो हुन पुग्यो ।

 

 



प्रतिक्रिया दिनुहोस्