Logo

विश्व कप क्रिकेट लिग–२ः नेपाल आज ओमानसँग खेल्दै



काठमाडौं, २९ भदौ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालले आज (मंगलबार) ओमानसँग खेल्दै छ । पहिलो खेलमा अमेरिकालाई हराउँदै उच्च मनोबल बनाएको नेपालले घरेलु टोली ओमान माथि पनि जित निकाल्ने लक्ष्य लिएको छ ।नेपाल र ओमानबिचको खेल अल अमिरात क्रिकेट मैदानमा दिउँसो ४ः१५ बजे सुरु हुने बताइएको छ ।

सोमबार भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । तर, ओमानलाई जित्न नेपाललाई सहज भने हुनेछैन ।ओमान १० खेलमा १६ अंक जोड्दै लिग–२ शीर्ष स्थानमा रहेको छ । नेपाल ५ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

लिग–२ को सिरिज अन्तर्गत नेपालले टियु क्रिकेट मैदानमा २०२०को फेब्रुअरी ५ र ९ मा ओमानसँग दुई खेल खेलेको थियो । दुबै खेलमा नेपाल आमन सँग पराजित भएको थियो ।



प्रतिक्रिया दिनुहोस्