Logo

प्रतिनिधिसभा बैठक सुरु हुनासाथ एमालेले गर्यो नाराबाजी (लाइभ भिडिओसहित)



काठमाडौं, २९ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अवरोध गरेको छ । एमाले सांसदहरुले रोष्ट्रममा उभिएर नाराबाजी गरिरहेका छन् । उनीहरुले संसदीय मर्यादा कायम गरलगायतका नारा लगाएका छन् ।

एमालेले माधवकुमार नेपालसहित १४ सांसदमाथि गरेको कारबाहीको सूचना सभामुख अग्निप्रसाद सापकोटाले नटाँसेसम्म संसद चल्न नदिने निर्णय गरेको थियो । सोहीअनुसार अहिले बैठकमा अवरोध कायम राखेको छ । एमालेको विरोधको बावजुदपनि सभामुख अग्नि प्रसाद सापकोटाले बैठकको प्रक्रिया अघि बढाएका छन् ।



प्रतिक्रिया दिनुहोस्