Logo

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ



काठमाडौं, २९ भदौ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी एक युवक पक्राउ परेका छन् । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं कागेश्वरी मनहरा नगरपालिका ७ काँडाघारी बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका १० घर भएका ३९ वर्षीय दिपक कार्कीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

उच्च अदालत पाटन ललितपुरको २०७६ फागुन १८ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ७ दिन कैद तथा ३० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं काडाँघारीबाट पक्राउ गरेको जनाएको छ । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौं पेश गरिएको उक्त महाशाखाले बताएको छ ।

 



प्रतिक्रिया दिनुहोस्