Logo

प्रहरीलाई अभद्र व्यवहार गर्ने पक्राउ



भक्तपुर, २९ भदौ । प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । सूर्यविनायक नगरपालिका ५ सल्लाघारीस्थित ड्युटीमा खटिएको प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा काठमाडौं पेप्शीकोला बस्ने ४२ वर्षीय सोमनाथ अधिकारीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

जगातीबाट सल्लाघारीतर्फ जाँदै गरेको बा ९ च २७६३ नम्बरको कारलाई महानगरीय प्रहरी प्रभाग कटुन्जे र ट्राफिक प्रहरी समेतको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा मादक पदार्थ सेवन जाँच गर्न खोज्दा विवाद गरी १ थान ब्रेथलाईजर फुटाउनुको साथै प्रहरीलाई अभद्र व्यवहार गरेपछी कार चालक सोमनाथलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

 



प्रतिक्रिया दिनुहोस्