Logo

प्रधानमन्त्रीबाट हटेपछि केपी ओली पहिलोपटक गृहजिल्ला झापामा, एयरपोर्टमा भव्य स्वागत



काठमाडौं, २९ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन् । प्रधानमन्त्रीबाट हटेपछि उनी आज पहिलोपटक झापा पुगेका हुन् । आज बिर्तामोडमा अगुवा कार्यकर्ता भेला कार्यक्रम आयोजना गरिएको छ । उक्त कार्यक्रमलाई ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।

माधव नेपालले एमाले विभाजन गरेपछि अध्यक्ष ओली देश दौडाहामा निस्किएका छन् । आज झापा पुगेका ओली भोलि भने बुटवलमा आयोजना हुने कार्यक्रममा जाने भएका छन् ।

बुटवलमा हुने कार्यक्रममा भने अध्यक्ष ओलीसँग उपमहासचिव विष्णु पौडेल र घनश्याम भुषालले पनि सम्बोधन गर्ने जनाईएको छ । झापा पुगेका ओलीलाई नेता तथा कार्यकर्ताहरुले एयरपोर्टमा भव्य स्वागत गरेका थिए । file photo



प्रतिक्रिया दिनुहोस्