Logo

विद्यालय भौतिक रुपमा संचालन गर्न विद्यालयलाई नै जिम्मेवारी दिने



ललितपुर, २९ भदौ । ललितपुर महानगरपालिकाले विद्यालय संचालन गर्ने जिम्मेवारी विद्यालयलाई दिने भएको छ । महानगरीय शिक्षा समितिको सोमबार बसेको बैठकले आगामी असोज १ गतेदेखि भौतिक रुपमा विद्यालय संचालन गर्ने जिम्मेवारी बिद्यालयलाई दिने निर्णय गरेको हो ।

महानगरले नेपाल सरकारबाट स्वास्थ्य मापदण्डको पुर्ण पालना गरी, विद्यालय संचालन सम्बन्धि कार्यढाचा, २०७७ ले निर्धारण गरेका सबै प्रक्रियाहरु अबलम्बन गर्दै असोज १ गतेबाट पठनपाठन गराउन आग्रह छ । पठन पाठन सम्बन्धि कार्य संचालन गर्न विद्यालयहरुलाई जिम्मवारी प्रदान गरेको महानगरले जनाएको छ ।

विद्यालय संचालन गर्नुपुर्व पुर्वतयारी गरी अनिवार्य रुपमा कार्यढाँचा अन्ुसार अभिभावक, शिक्षक, विद्यार्थी तथा अन्य सरोकारवालाहरुलाई अभिमुखिकरण गराउन समेत महानगरले निर्देशन बिद्यालयलाई दिएको छ ।



प्रतिक्रिया दिनुहोस्