Logo

च्याम्पियन्स लिग सुरु हुँदै, आज आठ खेल हुने



काठमाडौं, २९ भदौ । च्याम्पियन्स लिग फुटबलअन्तर्गत आज विभिन्न आठ खेलहरू हुँदै छन् ।आज हुने खेलमा म्यानचेस्टर युनाइटेडले योङ ब्वाइजसँग प्रतिस्पर्धा गर्दै छ । दुई टोलीबीचको खेल नेपाली समयानुसार राति १०ः३० बजे सुरु हुनेछ ।

समूह ‘एफ’मा रहेको युनाइटेड आजको खेलमा जित निकाल्दै सुखद सुरुवात गर्ने योजनामा छ । पोर्चुगलका स्टार खेलाडी रोनाल्डो हालै मात्र युनाइटेडमा आएका हुन् ।साथै अर्काे खेलमा सेभियाले आरबी लाइपजिगसँग प्रतिस्पर्धा गर्दै छ । दुई टोलीबीचको खेल नेपाली समयानुसार राति १२ः४५ मा सुरु हुनेछ ।

सोही समयमा हुने अर्काे खेलमा स्पेनिस क्लब बार्सिलोनाले जर्मन क्लब बायर्न म्युनिखसँग प्रतिस्पर्धा गर्दैछ । साथै लिले विरुद्ध वुल्फवर्ग, भियारियल विरुद्ध एटलान्टा, माल्मो विरुद्ध युभेन्ट्स, डाइनामो क्युभ विरुट्ठ बेन्फिकाका खेलहरु पनि आजै हुँदैछन् । खेल नेपाली समयानुसार राति १२ः४५ बजे हुनेछन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्