Logo

दुर्गममा अनलाईन क्लासको बेथिती, पढ्न रुखमै अस्थायी बसोबास



काठमाडौँ, २९ भदौ । विश्वभर कोरोना महामारीका कारण सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द थियो । महामारीले शिक्षामा असर नपर्न विद्यालयहरुले अनलाइन कक्षा सञ्चालन गर्यो । तर, नेपालजस्तो अविकसित मुलुकमा अनलाईनका माध्यमबाट पढ्न विकट जिल्लाहरुमा निकै समस्या देखियो ।

मोबाइलबाट वा अन्य अनलाईन माध्यमबाट पढ्न विकट जिल्लाहरुमा निकै किठन भयो । यसैक्रममा खोटाङ जिल्लाका हेलसीवासी १६ वर्षिय धान बहादुर मगरले मोबाइलबाट अनलाईन कक्षाका लागि अस्थायी रुपमा रुखमै घरको व्यवस्था गरेका छन् ।

मोबाइलको नेटर्वक कमजोर भइरहने कारण पर्याप्त नेटवर्क ल्याउन उनले रुखमै आफ्नो अस्थायी घरको व्यवस्था गरेको हो । उनी कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन् । उनको पढाईमा बाँधा नपुग्ने कारण उनले सो व्यवस्था गरेको बुझिएको छ । उनले पढाईप्रति देखाएको जागरुक्ता निकै सराहनिय छ । यसले नेपालको अन्य विकट भागमा अनलाईन कक्षा लिन निकै कठिनाई रहेको बुझिन्छ ।-Photo Source: Routine of Nepal Banda



प्रतिक्रिया दिनुहोस्