Logo

एमसीसी सम्झौता गर्न नहुने करिश्माको भनाई



काठमाडौं, २९ भदौ । देशमा यतिबेला अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बहसको विषय बनेको छ । सत्तारुढ दलहरु संसोधनसहितको एमसीसी संसदबाट पारित गराउन चाहेका छन् भने सत्ता बाहिरका दलहरु विरोधमा उत्रिरहेका छन् ।

यस विषयमा नेपाली कलाकारहरुले पनि आफ्नो अभिव्यक्ति दिइरहेका छन् । आज सदावहार नायिका करिश्मा मानन्धरले एमसीसी सम्झौता गर्न नहुने बताएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमार्फत एमसीसीले जनतालाई दुःख दिने आशय गरेकी हुन् । घरभित्र कलह निम्त्याउन नहुने उनको तर्क छ । उनले घरमा हात्ती ल्याएर घरकै मान्छे बाहिर बस्नु परेमा हात्ती ल्याउनुको के अर्थ भन्दै एमसीसीको विपक्षमा उभिएकी हुन् । घरभित्र कलह हुने तत्व भित्राउन नहुने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्