Logo

भारतको मिडियाले लेख्योः देउवा चीनको चक्रव्युहमा देखि सभामुखविरुद्ध सम्भावित महाभियोगसम्म



एजेन्सी, २९ भदौ । नेपालमा अमेरिकाको प्रतिष्ठा दाउमा रहेको भन्दै भारतीय मिडियाले गम्भीर विषय लेखेको छ । नेपालको विकासका लागि अमेरिकाले ५० करोड डलर रकम दिने विषय चार वर्ष अघि नै नेपाल र अमेरिकाबीच एक सम्झौता भएको भन्दै त्यसलाई रोक्ने प्रयास चलिरहेकोबारे आजतकको अनलाइन संस्करणले खबर छापेको छ ।

अमेरिकाले विकासमा सहयोग पुर्याउन करिब ५० देशमा मिलेनियम कर्पोरेशन च्यालेन्ज (एमसीसी) परियोजना सञ्चालन गरेको छ । नेपाललाई आफ्नो पूर्वाधार विकास गर्न उक्त रकमको सहयोग प्राप्त हुने थियो । तर, नेपालमा रहेको कम्युनिस्टहरुले यसको घोर विरोध गर्दे आएको विषय खबरमा उल्लेख छ ।

सम्झौतालाई कार्यान्वयन गराउन संसदबाट पारित गराउन नेपाल सरकार र नेपाली राजनितिक दलमाथि दबाब बनाउन एमसीसीकी उपाध्यक्ष फातिमा सुमारको टोलीले नेपाल भ्रमण गरेको विषय पनि उल्लेख छ । उनले उक्त सम्भौताबारे सरकारमा रहेको नेपाली काँग्रेसका सभापति शेरबहादूर देउवा, सत्ता गठबन्धनका नेता पुष्पकमल दहाल ‘प्रचण्ड’, बाबुराम भट्टराईसाग भेटवार्ता गरेकी थिइन् । साथै उनले विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र लोसपा अध्यक्ष महन्थ ठाकूरसँग पनि भेटेकी थिइन् ।

तर, उच्च स्तरीय भेटवार्तामा अमेरिकी कार्ड विफल भएको आजतकले लेखेको छ । एमसीसीलाई लिएर सत्ता गठबन्धनमा समेत विवाद चर्किएको छ । सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेपाली काँगे्रसका सभापति शेरबहादूर देउवा एमसीसीलाई संसद्बाद पारित गर्न तयार रहेपनि सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्र, नेकपा एस र जसपा भने एमसीसीको विरोध गर्दे आएको खबरमा उल्लेख छ ।

एमसीसीविरुद्वमा दिनहुँ जसो प्रदर्शन हुनेगरको र सत्ता गठबन्धनमा रहेको एमसीसी विरोधी पार्टीहरुले केही संशोधन भएपछि मात्र पारित गर्ने बताउँदै आएका छन् । तर, एमसीसीमा कुनै संशोधन नहुने गरी अमेरिकाले पारित हुनुपर्ने बताउँदै आएको छ ।

अमेरिका सैन्य शक्ति ल्याउन चाहन्छ ?

चीनलाई घेर्न अमेरिकाले नेपालसँग सम्झौता गरेको नेपामा रहेका कम्युस्टि पार्टीहरुको धारणा रहेको आजतकले लेखेको छ । चीनद्वारा जारी गरिएको बिआरआईलाई चुनौती दिन अमेरिकाले एमसीसीलाई पारित गर्न इच्छुक रहेको बताइएको छ । एमसीसी इनडो प्यासिफिक रणनीति रहेको नेपाली राजनितिक दलहरुलाई आशंका पैदा भएको उल्लेख छ । र, सोही माध्यमबाट अमेरिकाले नेपालमा अफ्नो सेना स्थापित गर्ने आशंका नेपालमा देखिएको छ । एमसीसी उपाध्यक्ष फातिमा नेपाल भ्रमण गर्दा पनि उक्त विषय प्रष्ट हुन नसकेको जनाइएको छ ।

के छ एमसीसी सम्झौता ?

एमसीसी सम्झौतामा नेपालमा उत्पादित बिजुलीलाई भारत एकमात्र बजार रहेको उल्लेख गरिएको छ । नेपाले आफ्नो बिजुलीलाई भारतमा बेच्न सक्ने गरी एमसीसी सम्झौतामा ट्रान्समिशन लाईन बनाउनु पर्ने उल्लेख गरिएको छ ।

नेपाल चाँडै पाँच हजार मेगावाट बिजुली उत्पादन गर्ने देश बन्ने छ । र, यसबाट करिब तीन हजार बिजुली भारतलाई बेच्न सक्ने छ । एक दशक पछि नेपालले १४ हजार मेगावाट बिजुली उत्पादन गर्न सक्ने छ । र, नेपालले भारतबाहेक बांगलादेशलाई समेत आफ्नो बिजुली बेच्न सक्ने छ ।

त्यसको लागि नेपाललाई अल्ट्र हाई ट्रान्सिमिशन लाईन बनाउनु पर्ने आवश्यक रहेको छ । जो एमसीसी अन्तरगतबाट बनाउने सम्झौतामा रहेको उल्लेख गरिएको छ । ट्रान्समिशन लाइन बनाउन भारतको समेत अनुमित हुनु पर्ने र भारतले सम्झौतामा सहमति जनाए मात्र नेपालले एमसीसीलाई स्वीकृती दिने र आयोजनालाई अगाडि बढाउने उल्लेख गरिएको छ ।

भारतका अनुमित मुख्य रहेको कारण नेपाली कम्युनिस्ट पार्टीहरुलाई चिन्ताको विषय बनेको छ । नेपाल र अमेरिकाबीचको सम्झौतामा भारतको सहमित किन चाहिने ? भन्दै दलहरुले प्रश्न तर्साएका छन् ।

यसैगरी, चीनको लागि उक्त सम्झौता टाउँको दुखाईको विषय बनेको छ । चीन नेपाल अमेरिकाको चंगुलमा नफसोस् भन्ने चाहन्छ । नेपालले उक्त परियोजना अन्तरगत यदि बिजुली उत्पादन सुरु गरेर भारतलाई बेच्न थाल्यो भने नेपाललाई वार्षिक अरबौं आम्दनी हुने अनुमान गरिएको छ । यसकारण भारतले आफ्नो व्यापार घाटालाई सामान्य बनाउन सक्छ र नेपाल आर्थिक रुपमा बलियो हुन सक्ने छ ।

चीन नेपाल आत्मनिर्भर नबनोस् भन्ने चाहिरहेको आजतकले लेखेको छ । नेपाल आत्मनिर्भर भए बिआरआई प्रोजेक्ट अन्तरगत नेपाललाई चीनले आफ्नो चंगुलमा पार्न विफल हुने तर्क गरिएको छ । यसकारण नै नेपालमा कम्युनिस्ट पार्टीको मद्दतले एमसीसीविरोध गराइरहेको आजतकले लेखेको छ । देउवा सरकार कम्युनिस्ट पार्टीहरुको साथ पाएर टिकिरहेको र मनोमानी गरे ढल्न सक्ने समेत उल्लेख छ ।

प्रचण्डदेखि उपेन्द्रसम्मले चीनको भाषा बोलेको भन्दै आजतकले लेखेको छ । सत्तागठबन्धनका नेता प्रचण्ड, माधव नेपाल, बाबुराम भट्टराईदेखि उपेन्द्र यादवसम्मका नेताहरुले चीनको भाष बोल्दै आएका भनिएको छ ।

एमसीसी उपाध्यक्ष फातिमाको नेपाल भ्रमण अगावै नेपालस्थित रहेको चिनियाँ राजदूतले सम्पूर्ण शीर्ष नेताहरुसँग भेट गरेकी थिइन् । भेटमा एमसीसी कुनै हालतमा नेपालमा पारित नहुनु पर्नेमा जोड दिएको विषय पनि आजतकले लेखेको छ ।

एमसीसी पारित गर्न प्रधानमन्त्री देउवा विपक्षी दलसँग सहमतिमा जान सक्ने र सत्ता गठबन्धन भत्काउन सक्ने अनुमानबारे समेत आजतकले लेखेको छ । प्रधानमन्त्री देउवा विपक्षी दलसँग गठबन्धन बनाएर एमसीसी पारित गर्न सक्ने अनुमान पनि आइरहेको छ ।

फातिमा नेपाल भ्रमणमा आउनु भन्दा अगाडि नै आँधी रातमा संसद अधिवेशन अन्त्य गरी पार्टी विभाजन अध्यादेश ल्याइएको थियो । उक्त अध्यादेश एमाले फुटाउन ल्याएको जनाइएको छ । पार्टी फुटाउने अध्यादेशले पार्टी फुटाउन सफल भयो । यो डर थियो की कही एमाले नटुक्रिए नेपाली कांग्रेस र एमालेले एमसीसी पारित गर्नसक्ने कारण एमाले फुटाइएको हो ।

देउवा दोधारमा

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादूर देउवा अहिले दोधारमा रहेको आजतकले विश्लेषण छ । देउवाको एकातर्फ अमेरिकी सहयोग सम्भौता छ भने अर्कातर्फ सत्ता गठबन्धन तोडिने डर छ । देउवाले कार्यभार सम्हालेको दुई महिना भन्दा बढी भइसक्दा पनि उनले मन्त्रिमण्डल विस्तार गर्न नसकेको उल्लेख छ ।

चीनको इसारामा सत्ता गठबन्धनको दबाबमा देउवाले दार्चुलाको तुइन घटनाबारे भारतलाई पत्र पठाएका भनिएको छ । यसपश्चात उत्तराखण्ड क्षेत्रबाट भारतीय वायुसेनाको हेलिकप्टर नेपाली सीमामा आएको भन्दै भारतमाथि आरोप लगाइएको सखेत भनिएको छ । यसलाई ब्यालेन्स गर्न चीनसितको सीमा विवाद उठाए प्रचण्डले गठबन्धन तोड्ने धम्की दिएको आजतकले लेखेको छ ।

आजतकले देउवा चीनको चक्रव्युमा फस्दै गइरहेको विश्लेषण समेत गरेको छ । । सत्ताको लोभमा उनले कम्युनिस्टहरुसँग हात मिलाएको तर एमसीसीले गठबन्धन नै धरापमा पारिदिने खतरा देखिएको भनिएको छ ।सभामुख अग्निप्रसाद सापकोटा पनि एमसीसी पारित गर्न नदिने पक्षमा देखिएको आजतकले लेखेको छ ।

आजतकको विश्लेषणमा शेर बहादूर देउवा साँच्चै एमसीसी पारित गर्न चाहँदैनन् । उनले साँच्चिकै एमसीसी पारित गर्ने हो भनेसत्ता गठबन्धनको मोह देउवाले त्याग्नुपर्ने भनिएको छ ।

विपक्षी दल एमालेको समर्थनले एमसीसीलाई पारित गर्नुपर्ने भनिएको छ । आजतकले कांग्रेसलाई लोकतान्त्रिक विचारधाा बोकेको पार्टी भन्दै सत्ताको लोभमा लाकतान्त्रिक पार्टीले कम्युनिस्ट सँग गठबन्धन गरको भनेको छ ।

आजतकको विश्लेषणमा शेरबहादुर देउवा, केपी शर्मा ओली र महन्थ ठाकूरले इमान्दारपूर्वक एमसीसी पारित गर्ने हो भने सभामुखलाई महाभियोग लगाएर हटाउनुपर्ने विषय उल्लेख गरेको छ । नयाँ सभामुख लाई चयन गरेर मात्र एमसीसी संसद्मा पेश गर्नपर्ने विपक्षीको धारणा रहेको आजतकले भनेको छ । उसले देउवा परीक्षाको घडीमा रहेको भन्दै लेखेको छ, हेर्न बाँकी छ कि शेरबहादूर देउवाले यस्तो ठोस कदम उठाउन सक्छन् की सक्दैनन् ?-Photo By: reportersnepal



प्रतिक्रिया दिनुहोस्