Logo

बुर्का अफगानिस्तानको पोशाक नभएको भन्दै तालिवानविरोधी अभियान



एजेन्सी, २९ भाद्र । तालिवानले बुर्कालाई अनिवार्य बनाएर कडाई गर्न थालेपछि अफगानिस्तानमा त्यसविरुद्ध अभियान चलेको छ । अफगानिस्तानका विभिन्न प्रान्तका नागरिकहरुले बुर्काविरोधी अभियान चलाएका हुन् ।

अफगानी नागरिकहरुले सामाजिक सञ्जालमा पोष्ट गर्दै आफ्नो परम्परागत पोशाकबारे समेत लेखेका छन् । उनीहरुले डु नट टच माई क्लोथ, अफगानिस्तान कल्चर, अफगान वुमन, वुमन्स आर्ट जस्ता अभियानमार्फत् बुर्कालाई चुनौती दिएका हुन् ।

इस्लाम धर्मालम्बी महिलाहरुले बुर्का लगाउने गर्छन् । शरीर पूरै ढाक्ने यो पोशाकलाई तालिवानले अनिवार्य गराएको छ । तालिवानले सत्ता कब्जा गरेलगत्तै बुर्काको मूल्य चार गुणाले समेत बढेको थियो ।



प्रतिक्रिया दिनुहोस्