Logo

ओलीले खोले ‘झण्डै मारिएको’ रहस्य



काठमाडौं, २९ भाद्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू झण्डै मारिएको रहस्य खोलेका छन् । उनले झापा पुगेर आफ्नै छेउबाट गोली गएको रहस्य खोलेका हुन् ।

सुखानी हत्याकाण्ड सम्झदै उनले आज भने, ‘दौडन नसकेको भए सुखानीमा मर्नेमध्ये म पनि हुन्थें ।’

संघर्षका क्रममा मर्ने अवस्था पनि आउने बताए । उनले भने, ‘मर्न पनि सकिन्छ । यतैबाट गोली गएको यतैबाट गोली गएको तैपनि बचें ।’ उनले आफू समातिनबाट बचेर बाँचेको सुनाए । उनले भने, ‘दौडन नसकेको भए सुखानीमा मर्नेमध्ये म पनि हुन्थें ।’

आफ्नै झण्डै हत्या भएको भन्दै बाँचेर अहिलेको अवस्थामा आएको बताए ।

ओलीले बलिदानीका लागि जहिल्यै पनि एमाले कार्यकताृ तयार रहने बताए । उनले एमाले कार्यकर्तालाई इमानका साथ आवश्यक पर्दा बलिदानीका लागि तयार हुन भने ।-File Photo



प्रतिक्रिया दिनुहोस्