Logo

सभामुखविरुद्ध कदम चाल्ने संकेत गर्दै ओलीले भनेः सभामुख मानिरहन सकिएन



काठमाडौं, २९ भाद्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध कठोर कदम चाल्ने संकेत गरेका छन् । उनले गृहजिल्ला झापामा आयोजित कार्यक्रममा बोल्दै सापकोटालाई सभामुख मान्न नसकिने बताए ।

‘सभामुख पार्टीको कार्यकर्ता भए,’ ओलीले कडा शब्दमा भने, ‘सभामुख मानिरहन सकिएन ।’ एमालेविरुद्ध षड्यन्त्रमा लागेको भन्दै सभामुखको आलोचना गरे । सभामुखको कदमविरुद्ध सदन अवरुद्ध गरेको भन्दै त्यसको बचाऊ गरे ।

पछिल्लो समय सभामुख सापकोटाविरुद्ध महाभियोगसम्मको चर्चा चल्न थाल्दा ओलीको पछिल्लो भनाई सार्वजनिक भएको हो ।



प्रतिक्रिया दिनुहोस्