Logo

केपी ओलीको टिप्पणी : ‘अब १४ महिनापछि त चुनाव आउला नि’ (भिडिओसहित)



काठमाडौं, २९ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्तासिन गठबन्धन चुनाव भनेपछि थर्रथर्री कामेको बताएका छन् । उनले एमालेको नेतृत्वमा देशले असाधारण प्रगति गरेको पनि दाबी गरेका छन् । आज (मंगलबार) नेकपा एमाले झापा जिल्लास्तरीय अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूहरुले गरेको विकासको कामले प्रतिक्रियावादीहरु पागल बनेको टिप्पणी गरे ।

उनले भने,‘माधव नेपालको भूमकिा हेर्नुहोस न, हाम्रो यत्तिकै पार्टी बहुमतमा हुन्थ्यो, सरकार ढल्दैनथियो । संसद्लाई प्रभावकारी बनाउन कोशिस गर्दैथियौं । माधव नेपालले पार्टीप्रति गद्दारी र बेईमानी गरे । एमालेको सरकार ढाले । संसदलाई अप्ठ्यारो पारे । माधव नेपाल केटाकेटी हुन र ? माधव नेपालजस्तो तालुमा कपाल नभएको व्यक्तिले जानीबुझिकन यस्तो गरेको हो ।’

उनले चुनाव कति दिनलाई रोकेको ? भन्दै प्रश्न गरे । उनले भने,‘चुनाव त आउला नि, अब १४ महिना, १४ महिनापछि त चुनाव आउला नि, चुनाव टारेर बनाएको सरकारको हविगत हेर्नु त, सरकारले पूर्णता पाएको छैन् । दुई महिनादेखि तिनै चार जनाले र्वाँई र्वाईँ घुमाएका छन् । देशको समय खेर गयो । यस्तो सरकार बनाउन, पहिले हाम्रो पार्टी फुटाईयो, एकीकरण गरेपछि प्रचण्ड र माधव नेपालहरुले उफ्रिएर पार्टी फुटाए । प्रचण्डले आफ्नो गुट लिएर बाहिर गए ।’



प्रतिक्रिया दिनुहोस्