Logo

आज १८ अंकले नेप्से घट्दा ५ अर्बको कारोबार



काठमाडौं, २९ भदौ । नेप्से आज उच्च अंकले ओरालो लागेको छ । नेप्से आज १८ दशमलव ५४ अंकले घटेर २९ सय २९ दशमलव २८ बिन्दुमा रोकिएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ३ दशमलव २१ अंकले घटेर ५४५ दशमलव ६६ विन्दुमा थामिएको हो ।

आज २२२ कम्पनीको ५९ हजार ८५४ पटक कारोबार भएर ५ अर्ब १९ करोड ५२ लाख ९५ हजार रुपैयाँ बराबरको १ करोड ६३ लाख ९ हजार कित्ता शेयर किनबेच भएको छ ।



प्रतिक्रिया दिनुहोस्