Logo

जबरजस्ती संसद् चलाउन खोज्नु संसदीय परम्परा विपरित छ : कमल थापा



काठमाडौं, २९ भदौ । राप्रपाका अध्यक्ष कमल थापाले प्रमुख प्रतिपक्षी दलको मागलाई सम्बोधन वा व्यवस्थापन नगरी जबरजस्ती संसद् बैठक चलाउन खोज्नु अनुपयुक्त भएको टिप्पणी गरेका छन् । नेकपा (एमाले) ले संसद् अवरोध कायम गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले संसद्को गतिविधि अघि बढाएपछि उनले यस्तो टिप्पणी गरेका हुन् ।


अध्यक्ष थापाले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्–‘प्रमुख प्रतिपक्ष दलको मागलाई सम्वोधनरव्यवस्थापन नगरी जवर्जस्ति संसद बैठक चलाउन खोज्नु अनुपयुक्तरसंसदीय परम्परा विपरित छ। कंग्रेस र कम्युनिष्टको अकर्मण्यताको कारण वर्तमान संविधानरव्यवस्थाको औचित्यमा प्रश्नचिन्ह खडा भएको छ।
विकृतिको श्रृखला अन्तगर्न जनादेशबाट नयॅा विकल्प खोज्नुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्