Logo

अरविन्द आश्रमले झुटो मुद्दा लगाएर फसाउन खोज्यो : शिक्षिका यशोधा विश्वकर्मा



काठमाडौं, २९ भदौ । अरविन्द आश्रमले आफूलाई झुटो आरोप लगाएर फसाउन खोजेको भन्दै एकजना शिक्षिकाले न्यायको अपिल गरेकी छिन् । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै शिक्षिका यशोधा विश्वकर्माले आफूलाई फसाउन खोजेको बताएकी हुन् ।

२ सय भन्दा बढी असहाय बालबालिकाका लागि शिक्षादिक्षा दिँदै आएको अरविन्द आश्रमले आफुलाई झुटो आरोप लगाएर फसाउन खोजेको उनको भनाई थियो ।

६ वर्षदेखि आश्रममा कार्यरत शिक्षिका विश्वकर्माले एउटा निर्दोष र अवोध बच्चाको विषयमा आफूलाई चोरीको आरोप लगाइएको बताइन् । आश्रममा कोही आफन्त नभएको आकाश भन्ने बालकलाई माया गर्दा प्राध्यापकलगायत कसैलाई मन नपरेकोले आफूमाथि झुटा आरोप लगाएर आश्रमबाट निकाल्न खाजेको उनको भनाई छ ।

९ वर्षीय बालक आकाश नेपालीलाई आफूसँग भेट्न पनि नदिएको उनको भनाई छ । ‘आश्रममा स्वामीको बहिनीको २ लाख बढी पैसा चोरेको आरोप आकाशमाथि लगाएर म माथि अन्याय गरियो,’ उनले भनिन् । उनले आफू निर्दोष रहेको बताइन् । यशोधाले भनिन्,‘आकाशले पैसा चोरेर मलाई पैसा राख्न दिएको अभियोगमा धेरै डर, धम्की दिइयो । तर, म निर्दोष छु, मलाई बच्चाले पैसा राख्न दिएको छैन् ।’

उनले बच्चाहरुको सानो गल्तीमा पनि प्रिन्सीपल लगायतले कुट्ने गरेको समेत आरोप लगाइन् । बच्चाहरुलाई पिसाबबच्चाहरुलाई पिसाबदे भिजेको ओच्छानमा सुताइने गरेको  भिजेको ओच्छानमा सुताइने गरेको , बच्चाहरुलाई पिट्ने गरेको भन्दै आफू गएपछि बच्चाहरुले नयाँ जीवन पाएको उनको भनाई थियो ।

आफन्तको बच्चा भएमा राम्रो गर्ने तर आफन्त कोही नपरेमा केयर नगर्ने पनि उनले बताइन् । ‘बच्चाहरुलाई जुम्रा परेर बिजोग हुन्छ । धेरैपटक मैले बच्चाहरुको कपाल खौरेको छु,’ विश्वकर्माले भनिन्,‘आकाशको खाना झिकेर खाएको आरोपमा प्रिन्सीपलले कुटेर दाँत समेत खुस्केको थियो ।’

उनले आश्रमका बच्चाहरुमाथि अत्न्यत्तै कटपिट हुने बताइन् । उनले भनिन्, ‘बच्चाहरुले सामान्य काम बिगार्दा पनि बेस्सरी कुटाई खान्छन् ।’ आफूले धेरै पटक बच्चाहरुलाई नकुट्न आग्रह गरेको समेत उनले बताइन् । विश्वकर्माले आश्रमका बच्चाहरु प्रिन्सिपल लगायत केही कर्मचारीहरुको छायाँ देखेर पनि डराउने गरेको बताइन् ।



प्रतिक्रिया दिनुहोस्