Logo

आज यी कम्पनीको कारोबार सर्वाधिक



काठमाडौं, २९ भदौ । शेयर बजारमा आज ५ अर्ब बढीको कारोबार भएको छ । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको कारोबार भएको हो । कम्पनीको आज २७ करोड ३ लाख बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।

यसैगरी, नेप्सेको अनुसार आज रैराङ हाइड्रोपावर कम्पनीको २२ करोड ७९ लाख बढीको कारोबार भएको छ । त्यस्तै, यूनाइटेड मोदी हाइड्रोपावर कम्पनीको २२ करोड ३४ लाख, एनआइसी एशिया बैंकको १५ करोड ७३ लाख, नेशनल हाइड्रोपावर कम्पनीको ११ करोड ८७ लाख बढीको कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस्