Logo

बाग्मतीको मुख्यमन्त्रीमा ईन्द्र बानियाँको दाबी, राजेन्द्र पाण्डेले के गर्लान् ?



काठमाडौं, २९ भदौ । नेपाली कांग्रेसले बाग्मती प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउनेगरि गृहकार्य थालेको छ । प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले पनि सत्तासिन गठबन्धनमा आवद्ध दलका नेताहरुसँगको छलफलमा यो विषय उठाएका छन् ।

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई समर्थन नरहने पत्र प्रदेश संसद् सचिवालयलाई बुझाएपछि बाग्मती प्रदेशमा नयाँ सरकार गठनको गृहकार्य भएको छ ।

बाग्मतीमा नेकपा (एकीकृत समाजवादी) ले सरकारको नेतृत्व गर्ने दाबी गरेको छ। राजेन्द्र पाण्डेले मुख्यमन्त्रीमा दाबी गरेका छन् । यसमा माधव नेपालको पनि साथ र सहयोग रहने बताईएको छ । तर, नेपाली कांग्रेसका बाग्मती प्रदेशका संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले आफ्नै नेतृत्वमा सरकार बनाउनेगरि छुट्टै छलफल थालेका छन् ।

उनले आफ्नो पार्टीमा त यो विषयमा छलफल नै अघि बढाईसकेका छन् । उनी कुनैपनि हालतमा ब्याक नहुनेगरि अघि बढेका छन् । तर, सत्तासिन गठबन्धनको शीर्ष तहमा सहमति भए आलोपालो सरकार चलाउन सकिनेबारे पनि सोच्न सकिने उनले विकल्प प्रस्तुत गरेका छन् । नेकपा (माओवादी केन्द्र) ले पनि बानियाँलाई नै मुख्यमन्त्री बनाउनुपर्नेगरि लविङ थालेको छ । खासगरी शालिकराम जमकट्टेलले यसको नेतृत्व गरिरहेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्