Logo

साहस उर्जाले असोज ६ गतेदेखि ७० लाख कित्ता आईपीओ निष्काशन गर्ने



काठमाडौं, २९ भदौ । साहस उर्जा लिमिटेडले असोज ६ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० अंकित मूल्यका ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको जनाएको छ ।

निष्काशन गरिने कुल शेयरमध्ये २ लाख १० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ३ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।

सर्वसाधारणले बाँकी ६४ लाख ४० हजार कित्ताका लागि असोज १० गतेसम्म न्यूनतम १० कित्ता देखि अधिकतममा १० लाख ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने कम्पनीले व्यवस्था गरेको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्