Logo

टिकटक बनाउन लाग्दा ५ दिनअघि विवाह गरेकी युवती सेतीमा वेपत्ता



काठमाडौं, २९ वैशाख । सेतीको खोचमा टिकटक बनाउन लाग्दा ५ दिन अघि विवाह गरेर माइती पुगेकी किशोरी वेपत्ता भएकी छिन् । तनहुँको शुक्लागण्डकी नगरपालिका ८ को पुल्चोकस्थित रक गार्डेन भनिने सेती नदीमा घटना भएको हो ।

५ दिनअघि मात्र विवाह गरेकी १९ वर्षीया पवित्रा लम्साल खसेकी हुन् । उनी विवाहपछि पहिलोपटक माइती पुगेकी थिइन् । साथीहरुसँग घुम्न रक गार्डेन पुगेर अप्ठ्यारो स्थानमा टिकटक बनाउने क्रममा चिप्लिएर खसेको साथीहरुको भनाई उदृत गर्दै तनहुँ प्रहरीले जनाएको छ ।

लम्सालको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनापछि उनीसँग गएका साथीहरुले प्रहरीलाई खबर गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्