Logo

एमाले अध्यक्ष ओली बुटवलमा, १५ हजार बढी कार्यकर्तालाई सम्बोधन गर्दै



काठमाडौं, भदौ ३० । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले कार्यकर्तालाई आज बुटवल सम्बोधन गर्दैछन् ।

मंगलबार आफ्नो गृहजिल्ला झापाका कार्यकर्तालाई सम्बोधन गरेका ओली केही दिनयता देशदौडाहमा निस्केका छन् । मंगलबारको सम्बोधनमा उनले सभामुख अग्नी सापकोटाको भूमिकाका कारण एमालेले संसद अवरोध गर्दै आएको बताएका थिए । सम्बोधनको क्रममा उनले समामुख आफ्नो जिम्मेवारी भन्दा पार्टीको कार्यकर्ताको हैसियतमा देखिएको समेत दाबी गरेका थिए ।

बुटवल देवीनगर एन्फा मैदानमा हुने आजको भेलामा जिल्लाका १६ वटै स्थानीय तहका १५ हजारभन्दा बढी सहभागीलाई ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

भेलालाई पार्टी अध्यक्ष ओलीसहित उपमहासचिवद्वय विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी, केन्द्रीय सदस्य महेश बस्नेत लगायतलेसमेत सम्बोधन गर्ने गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस्