Logo

च्याम्पियन्स लिगः योङ ब्वाइजसँग युनाईटेड पराजित



काठमाडौं, ३० भदौ । च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाईटेड पराजित भएको छ ।
मंगलबार राति भएको खेलमा युनाईटेड योङ ब्वाइजसँग २–१ गोल अन्तरले पराजित भएको हो ।

खेलको १३ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युनाईटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । साथै खेलको ३५ औं मिनेटमा क्रिस्टोफर मार्टिनमाथी फल गरेपछि आरोन वान बिसाकाले रातो कार्ड पाउदा युनाईटेड १० खेलाडीमा समेटिएको थियो । खेलको ६६ औं मिनेटमा योङ ब्वाइजका निकोलसले गोल गर्दै खेल १–१ गोलको बराबरी अवस्थामा पुर्याएका थिए ।

त्यसपछि खेलको इन्जुरी समयमा थियोसन जोर्डनले गोल गर्दै योङ ब्वाइजलाई २–१ को जित दिलाए । जितसँगै समूह एफको योङले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ । युनाईटेडले हारबाट सुरुवात गरेको छ ।



प्रतिक्रिया दिनुहोस्