Logo

टिकटिक क्रेजः पाँच दिन अघि विवाह गरेकी युवती नदीमा खसरे वेपत्ता



तनहुँ, भदौ ३० । जिल्लाको शुक्लागण्डकी नगरपालिका –८ स्थित रकगार्डेनमा टिकटक बनाउने क्रममा नदीमा खसेर स्थानीय एक युवतीको अवस्था अझै भेटिएकी छैनन् ।

बेपत्ता युवती भिमाद नगरपालिका–१ की १९ वर्षीया पवित्रा लम्साल भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमिल्सिनाले बताएका छन् ।

लम्साल नदीमा खसेपछि साथीहरुले प्रहरीलाई खबर गरेका थिए । सेती नदी किनारस्थित सो रक गार्डेन नजिकै लालिमा माइती घर भएकी लम्साल मङ्गलबार दिउँसो साथीहरुसँग टिकटक बनाउदा सेती नदिमा खसेकी थिईन् ।

साथीहरुले टिकटक बनाउन नदीको धेरै छेउमा नजाउ भन्दा पनि पनि नमानेकी भिडियो सुनिएकोले टिकटक बनाउने क्रममा खसेको सार्वजनिक भईरहेको भिडियोबाट प्रष्ट भएको छ। साथीहरुलाई टिकटक भिडियो खिच्न लगाएर लम्साल गार्डेनबाट नदी नजिकको भागमा गएको भिडियोमा देख्न सकिन्छ ।

प्रहरीका अनुसार साथीहरुले नदीको नजिकको भागमा नजान भनेर चिच्चाएर कराउँदा पनि लम्साल अटेर गरी गएको भिडियोमा देखिएको छ ।

बेपत्ता लम्सालको स्थानीय बासिन्दा र प्रहरीद्धारा खोजी भइरहे पनि बुधबार बिहानसम्म फेला नपरेको डिएसपी तिमिल्सिनाले बताएका छन् । पाँच दिन अघि विवाह गरेकी लम्साल दुल्हन फर्काउन माइत आएकी थिईन्।



प्रतिक्रिया दिनुहोस्