Logo

नेपाली सेनाद्वारा १०३ किलो गाँजासहित तस्कर पक्राउ



पर्सा, ३० भदौ । राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाले १०३ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

सेनाको सिद्धिबक्स गणबाट निकुञ्‍ज प्रशासनका कर्मचारीसहित परिचालन भएको एल.आर.पि. टोलीले विशेष सूचनाको आधारमा निकुञ्‍ज कोर ईलाका, भैँसे खोलामा अवैध रुपमा गाँजा लैजादै गरेको अवस्थामा हेटौडा उपमहानगरपालिका–३ हाँडीखोला बस्ने बर्ष २८ का बुद्ध बहादुर व्लोन लामालाई गाँजासहित पक्राउ गरेको हो ।

लामाको साथबाट गाँजासहित, २ सेट मोवाइल र झोला समेत बरामद गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्