Logo

च्याम्पियन्स लिगको पहिलो खेलमा बार्सीलोनाको लज्जास्पद हार



काठमाडौं, ३० भदौ । च्याम्पियन्स लिग फुटबलको नयाँ सिजनको पहिलो खेलमा बार्सिलोना जर्मन क्लब बायर्न म्युनिखसँग पराजित भएको छ । हिजो राती (मंगलबार) आफ्नै घरेलु मैदानमा बार्सिलोनाले बायर्नसँग ३–० को फराकीलो हार ब्यहोरेको हो ।

खेलको ३४ औं मिनेटमा लिरो सानेले दिएको पासमा थोमस मुलरले गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए । साथै खेलको ५६ औं मिनेटमा लेवान्डोस्कोले गोल गर्दै बायर्नको अग्रता दोब्बर बनाएका थिए । त्यस्तै, खेलको इन्जुरी समयमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई ३–० को शानदार जित दिलाए ।

समूह इको खेलमा जर्मन क्लब बायर्नले शानदार सुरुवात गरेको छ । मेस्सी बिनाको बार्सीलोनाले भने खराब सुरुवात गरेको छ ।



प्रतिक्रिया दिनुहोस्