Logo

६ सयले बढ्यो सुनको मुल्य



काठमाडौं, ३० भदौ । नेपाली बजारमा आज सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुन प्रतितोला ६ सय रुपैयाँले बढेको हो ।

आज छापवाला सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । मंगलबार प्रतितोला सुनको मूल्य ९० हजार ६ सय कायम भएको थियो ।

त्यसैगरी, आज तेजावी सुनको मुल्य ९० हजार ७ सय रुपैयाँ कायम भएको छ । चाँदीको मुल्य भने आज स्थिर रहेको छ । मंगलबार १२ सय रुपैयाँमा कारोबार भएको चाँदीको आज पनि सोहि मूल्य कायम भएको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्