Logo

माल्मोमाथी युभेन्ट्सको शानदार जित



काठमाडौं, ३० भदौ । युभेन्ट्सले च्याम्पियन्स लिगमा माल्मोमाथी शानदार जित निकालेको छ । हिजो राति (मंगलबार) भएको खेलमा सिरी ए क्लब युभेन्ट्सले स्विडेनको माल्मोलाई ३–० ले हराएको हो ।

खेलको २३ औं मिनेटमा लाबी सिल्भाले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाए । पहिलो हाफको अन्तिम मिनेटमा पाउलो ड्याबालाले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर बनाए । साथै पहिलो हाफको इन्जुरी समयमा मोराटाले गोल गर्दै युभेन्ट्सलाई ३–० को जित दिलाए । समुह एचमा रहेको युभेन्ट्सले नयाँ सिजनको सुखद सुरुवात गरेको छ ।



प्रतिक्रिया दिनुहोस्