Logo

लक्ष्मी बैंक नयाँ शाखा पोखराको बिरौटामा



काठमााडैं, ३० भदौ । लक्ष्मी बैंकले कास्कीको पोखरा महानगरपालिका वडा न. १७ को बिरौटामा नयाँ  शाखा विस्तार गरेको छ । आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो १३६औं शाखा संचालनमा ल्याएको जनाएको छ ।

यो शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको जानकारी दिएको छ ।

यस नयाँ शाखा संचालन गरेसँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ४९ जिल्लामा १३६ शाखा, ७ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १६६ एटीएम, २५०० भन्दा बढि रेमिटेन्स्एजेन्ट तथा ६३शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्