Logo

माधव नेपाल र उपेन्द्र यादवको कारण दोस्रोपटक संसद् विघटन भएको हो, ओलीको कुनै दोष छैन् : शंकर पोखरेल (भिडिओसहित)



काठमाडौं, ३० भदौ । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलले आफुहरुले संसद् अवरोध गर्न नचाहेको स्पष्ट पारेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले एउटै मामिलामा दोहोर भूमिका खेलेको उनको टिप्पणी छ । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सभामुखमा अहिले विश्वसनियताको कमी देखिएको पनि सुनाए । सभामुखको भूमिका भनेपछि निश्पक्ष र जिम्मेवार हुनुपर्ने पनि उनले स्मरण गराए । उनले संसदलााई प्रतिपक्षीविहीन बनाउन चाहेको हो भने अर्कै कुरा होईन भने एमालेसहितको संसद् चाहेको हो भने कांग्रेसले निकास दिनुपर्नेमा जोड दिए ।  उनले माधव नेपालको कारण संसद् विघटन भएको पनि उनको जिकिर छ । उनले भने,‘संसद् दुई जनाको कारण विघटन भयो, पहिलो माधव नेपाल र दोस्रो उपेन्द्र यादव हो ।’



प्रतिक्रिया दिनुहोस्