Logo

असोज ५ गते बस्नेगरि राष्ट्रियसभाको बैठक स्थगित्, आजपनि एमालेको अवरोध (फोटोफिचर)



काठमाडौं, ३० भदौ । आगामी असोज ५ गते बस्नेगरि राष्ट्रियसभाको बैठक स्थगित् भएको छ । आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले नाराबाजी र अवरोध गरेका छन् ।

बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले उभिएर विरोध जनाएपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सो पार्टीका सांसद भगवती न्यौपानेलाई बोल्न समय दिएका थिए । आजको बैठकले संविधानसभा सदस्य मानबहादुर महतोको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्