Logo

कंगना रनौत सीता बन्ने



एजेन्सी, ३० भदौ । बलिउडकी अभिनेत्री कंगना रनौत रामायणमा आधारित फिल्ममा सीताको भूमिका निभाउने भएकी छिन् । स्रोतका अनुसार फिल्म निर्माण पक्षले कंगनालाई यो भूमिकाको लागि प्रस्ताव गरेको हो । तर, कंगना र फिल्म निर्माताले यसको पुष्टि भने गरेका छैनन्।

सीताको भूमिकामा पहिले करिना कपूर खानलाई प्रस्ताव गरीएको थियो। करिनाले पारिश्रमिक १२ करोड रुपैयाँ माग गरेपछि फिल्म निर्माताहरु नै पछि हटेका थिए । उक्त रकम माग गरेको खबर बाहिरिएपछि करिना सामाजिक सञ्जालमा निकै ट्रोल भएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्