Logo

पोष्टबहादुरको ती दिन (फोटोफिचर)



काठमाडौं, ३० भाद्र । नेकपा माओवादी केन्द्रका दिवंगत नेता पोष्टबहादुर बोगटीको आज ७औं स्मृति दिवस । २०७१ सालको भाद्र ३० गते उनको हृदयघात र मस्तिष्कघातबाट निधन भएको थियो ।

माओवादी जनयुद्धकालमा अध्यक्ष पुष्पकमल दाहालका विश्वासपात्र भएर काम गरेका बोगटी उक्त पार्टीभित्रका इमान्दार नेतामध्येका मानिन्थे । आज उनलाई सम्झदै प्रचण्डले पारिवारिक कुरा पनि गर्न सकिने सहज र सरल नेता भएको बताए ।

पोष्टबहादुरलाई उनकी छोरी प्रभा बोगटीले तस्बिर सामाजिक सञ्जालमा राखेर सम्झिएकी छिन् । उनले बाबु नभएको भन्ने सोचेपछि मुटु भारी हुने र अत्यासपूर्ण अध्यारोमा पुगिने भनेकी छिन् ।

तस्बिर स्रोत: प्रभा बोगटीको फेसबुक पेज



प्रतिक्रिया दिनुहोस्