Logo

प्रचण्डको दाबी : माओवादी केन्द्र एक नम्बरको पार्टी बन्छ (भिडिओसहित)



काठमाडौं, ३० भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफूहरुले मुलुकलाई प्रतिक्रान्तितर्फ जानबाट जोगाएको टिप्पणी गरेका छन् । उनले आफ्नो पार्टीले हिजोको विरासतबाट विचलित भएको पनि बताए । पोष्टबहादुर बोगटीको ७औं स्मृति दिवसमा पार्टी कार्यालय, पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘आज हेर्दा हामी व्यक्तिगत प्रतिष्ठा, स्वार्थको निम्ति बढि लगाव देखियो, पार्टी बनाउँदा भन्दापनि गुट बनाउँदा फाईदा हुन्छ कि भन्ने प्रवृत्तिको विस्तारै विस्तारै विकास भएको छ । यो पनि अरु पार्टीजस्तै बुर्जुवाजस्तै हुने दिशातर्फ गैरहेको बेलामा हामीले महान सहिद र अग्रजलाई सम्झिरहेका छौं, हामी त्यसअनुसारको पार्टी बनाउनको लागि प्रतिबद्धता गर्ने कि नगर्ने ?”

उनले आफूहरुले अलिकति बाटो विराएजस्तो भयो भन्दै अब फेरि जनतामा जानुपर्नेमा जोड दिए । उनले माओवादी केन्द्र विशाल पार्टी भएको भन्दै फेरि जनतातर्फ फर्किनुपर्ने भन्दै अहिले पार्टीलाई रुपान्तरण गर्नेतर्फ सबै नेता तथा कार्यकर्ता समर्पित हुने पनि विश्वास दिलाए । उनले आगामी निर्वाचनबाट माओवादी केन्द्र देशकै एक नम्बर पार्टी बन्ने पनि दाबी गरे । उनले माओवादी नै देशभक्त रहेको कुरा स्थापित भएको पनि सुनाए ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्