Logo

यी हुन् मनाङे मन्त्री रहेको मन्त्रालयमा सरुवा भएका सहसचिव



काठमाडौं, ३० भाद्र । ग्याङस्टरबाट राजनीतिमा लागेर गण्डकी प्रदेशको मन्त्री सम्म बन्न सफल दिपक मनाङे यतिबेला युवा तथा खेलकुद मन्त्री छन् । उनी बेला बेलामा बोलीका कारण विवादमा आइरहन्छन् ।

मनाङेसँग जोकोही प्रशासकलाई काम गर्न चुनौती नै पर्छ । उनको आक्रामक स्वभाव कायमै छ ।

मनाङेले सम्हाल्दै आएको युवा तथा खेलकुद मन्त्रालयमा नयाँ सहसचिव सरुवा भएर जाने भएका छन् । सरकारले मङ्गलबार सार्वजनिक गरेको सह-सचिव सरुवामा सागर आचार्यको सरुवा गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयमा भएको छ । उनी यसअघि तनहुँका प्रमुख जिल्ला अधिकारी थिए ।

आचार्य नरम स्वभावका छन् । अब उनले कडा स्वभावका मनाङेको मातहतमा रहेर काम गर्नुपर्नेछ ।



प्रतिक्रिया दिनुहोस्