Logo

नेपालमा पहिलो पटक भारतीय निजी कम्पनीको रेल्वे ढुवानी सेवा सुचारु



काठमाडौं, ३० भदौ । भारतीय निजी कम्पनीको रेलले नेपालमा पहिलो पटक ढुवानी सेवा सुरु गरेको छ । यातायात विकास समितिको अनुसार भारतीय कम्पनी हिन्द टर्मिनल प्रालीको रेल सामाग्री बोकेर आज (बुधबार) नेपालगञ्ज सुख्खा बन्दरगाह आइपुगेको हो ।

भारतको हल्दीबाट ९० वटा कन्टेनर बोकको रेल आज नेपालमा आइपुगेको हो । भारतको सरकारी स्वामित्वको कोन्कन रेलवे निगमले मात्रै नेपालमा सामान ढुवानी गर्न पाउने व्यवस्था रहेकोमा निजी रेलले पनि सेवा दिन मिल्ने गरी संशोधन गरेको थियो ।

नेपालले असारमा रेलवे सम्झौता संशोधन गर्दै भारतीय कम्पनी कोन्कनको एकाधिकार अन्त्य गरेको हो ।

रेल सेवा संशोधनपछि निजी कार्गो

नेपाल भारतबीच सन् २००४ मा भएको रेल सेवा सम्झौताले रेलमार्फत हुने ढुवानीमा भारतीय रेल्वेको भगिनी संस्थाको रुपमा रहेको कन्टेनर निगम ९कोन्कर० लाई एकाधिकार दिइएको थियो । १७ वर्षपछि भारतीय कन्टेनरको एकाधिकार तोड्दै गत असार २५ गते सम्झौता संशोधन गरिएको थियो ।

रेल सेवा संशोधनको करिब दुई महिना पश्चात पहिलो पटक निजी कार्गो रेल वीरगन्जस्थित सुख्खा बन्दरगाहामा आएको हो । गत असार २५ गते रेल सेवा सम्झौता संशोधनमा नेपालका तर्फबाट वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराई र भारतका तर्फबाट भारतीय रेल मन्त्रालयअन्तर्गतको परिचालन एवं व्यवसाय विकास विभागका सदस्य सञ्जयकुमार मोहान्तीको नेतृत्वमा भर्चुअल समारोहमा कूटनीतिक पत्र तथा दुवै पक्षले हस्ताक्षर गरेको लेटर अफ एक्सचेन्ज आदानप्रदान गरिएको थियो ।

नेपाल लक्षित पारवहन कार्गो ढुवानीका लागि नेपाल रेल्वे कम्पनीको स्वामित्वमा रहने रेल तथा वागनले वीरगञ्ज र विराटनगरदेखि कोलकाता÷ हल्दियासम्म रेल सेवा दिनसक्ने गरी सम्झौता संशोधन गरिएको थियो । यस्तै, नेपालको वीरगञ्जसम्म रेल सेवा उपलब्ध भएकोमा विराटनगर, भैरहवा र इनरवामा रेलसम्बद्ध पूर्वाधार तयार भएपछि रेल सेवा विस्तार गर्दै जाने समेत सहमति गरिएको थियो ।

 



प्रतिक्रिया दिनुहोस्