Logo

‘सक्किगोनि’ अब युट्युब च्यानलमार्फत प्रशारण हुने



काठमाडौं, ३० भदौ । हाँस्य टेलिसिरियल ‘सक्किगोनि’ अब आफ्नै युट्युब च्यानलमार्फत प्रशारण हुने भएको छ । यसअघि ओ.एस.आर डिजिटलको युट्युब च्यानल मार्फत सार्वजनिक हुँदै आएको टेलिसिरियल ओ.एस.आरसँगको एक वर्षीय सम्झौता सकिएपछि अब आफ्नै य्ट्युब च्यानल मार्फत सार्वजनिक गरिने बताइएको छ ।

हाँस्य टेलिसिरियल ‘सक्किगोनि’ बिहीबार राती ९ बजे जेपिटी क्रियसन अफीसीयल युट्युबमा सार्वजनिक हुने कलाकार कुमार कट्टेल (जिग्री)ले जानकारी दिएका छन् । कट्टेलले सामाजिक सञ्जाल फेसबुकमार्फत यसबारे जानकारी दिएका हुन् ।



प्रतिक्रिया दिनुहोस्