Logo

एसियन कप छनोटका लागी नेपाली महिला टोली उज्वेकिस्तानमा



काठमाडौं, ३० भदौ । नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन कप–२०२२ छनोटको लागी उज्वेकिस्तान पुगेको छ ।
नेपाली टोली अहिले होटलमा क्वारेन्टिन बसेको छ । पिसीआरको रिपोर्ट नआएसम्म नेपाली टिम क्वारेन्टिनमै बस्ने बताइएको छ । समूह ‘एफ’ मा रहेको नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेका छन् ।

नेपालले फिलिपिन्ससँग खेल्दै छनोटको सुरुवात गर्नेछ । नेपाल र फिलिपिन्सबीचको खेल असोज २ गते हुनेछ । खेल उज्वेकिस्तानको जेएआर स्टेडियममा हुनेछ । यस्तै नेपालले दोस्रो खेलमा हङकङ सँग खेल्नेछ । नेपाल र हङकङ बिचको खेल असोज ५ मा हुने तालिका रहेको छ ।

नेपाली टालीमा अन्जना राना मगर, अन्जिला सुब्बा, उषा नाथ, अमृता जैशी, अनिता बस्नेत,अनिता केसी, विमला बिक, विमला चौधरी, दिपा राई, गीता राना, हिरा भुजेल, इन्द्र राई, मन्जली योन्जन, निशा थोकर, प्रिती राई, पुजा राना, रजनी थोकर, रश्मी घिसिङ, रेनुका नगरकोटी, सबिता राना, सरु लिम्बु र सिर्जना सिंह रहेका छन् । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्न पाउने छ ।



प्रतिक्रिया दिनुहोस्