Logo

नेप्सेमा आज ४० अंकको गिरावट, ५ अर्बको कारोबार



काठमाडौं, ३० भदौ । शेयर बजारमा केही दिन यता पहिरो जाने क्रम जारी छ । साताको चौथो दिन आज (बुधबार) नेप्से ४० दशमलव २६ अंकले घटेर १८ सय ८९ दशमलव ०३ विन्दुमा रोकिएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ७ दशमलव १६ अंकले घटेर ५ सय ३८ दशमलव ५० बिन्दुमा थामिएको हो ।

नेप्सेको अनुसार आज २२२ कम्पनीको ७५ हजार ८ सय ९५ पटक कारोबार भएर ५ अर्ब ३५ करोड ८० लाख ९७ हजार २५१ रुपैयाँ बराबरको १ करोड ५५ लाख ७ हजार ८६६ कित्ता शेयर किनबेच भएको हो ।



प्रतिक्रिया दिनुहोस्