Logo

प्रचण्ड र माधव नेपाललक्षित टोपबहादुरको टिप्पणी : कांग्रेसको पुच्छर भएर हिँडेकाहरूले समाजवादको कुरा गर्न सुहाउँदैन



काठमाडौं, ३० भदौ । नेकपा (एमाले) का नेता तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले प्रचण्ड र माधव नेपालहरु कांग्रेसको पुच्छर भएर हिँडेको टिप्पणी गरेका छन् । उनले माधव नेपाल र प्रचण्डले अब समाजवादको कुरा गरेको नसुहाउने पनि दाबीगरे । त्यस्तै, उनले एमालेविरोधी गठबन्धनलाई आगामी निर्वाचनबाट पराजित गर्ने पनि दाबी गरे ।

नेकपा (एमाले) ले बुटवलमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अध्यक्ष केपी शर्मा ओलीले नै समृद्धिको एजेण्डा बोकेको सुनाए । सम्बोधनको क्रममा उनले भने,‘सूर्य र गोलाकारभित्रको हँसिया हथौडाबाट चुनाव लडेर जित्ने अनि रुख चिन्हको नेतालाई प्रधानमन्त्री बनाउन हिँड्नेहरूले ऐतिहासिक भूल गरेका छन् । कांग्रेसको पुच्छर भएर हिँडेकाहरूले समाजवादको कुरा गर्न सुहाउँदैन ।’ Photo Source : Bishnu Rijal/Twitter



प्रतिक्रिया दिनुहोस्