Logo

शिक्षाको गुणस्तर थप सुधार गर्न सबै लाग्नुपर्छः मन्त्री भुषाल



ललितपुर, ३० भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले शिक्षाको गुणस्तर थप सुधार गर्न सबै लाग्नुपर्ने बताइन् । ललितपुरस्थित नमूना मच्छिन्द्र मावि भवनको उद्घाटन समारोहमा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुषालले भूकम्पबाट मुलुकमा ठूलो जनधनको क्षति पुगेसँगै पुराना जीर्ण बनेका विद्यालयको पुनर्निर्माण गर्ने अवसर प्राप्त भएको उल्लेख गरिन्।

अग्रजहरुले स्थापना गरेका विद्यालयका कारण नै ललितपुर शिक्षाको हबका रुपमा चिनिएको भन्दै उाले आगामी दिनमा शिक्षाको गुणस्तर थप सुधार गर्न सबै लाग्नुपर्ने बताइन्। मौलिक अधिकारका रुपमा रहेको शिक्षाका लागि हालको बजेट पर्याप्त नभए पनि उपलब्ध बजेट र भएका कार्यक्रमको कार्यान्वयन गरी परिणाम निकाल्न सके सरकारको उद्देश्य सफल हुने मन्त्री भुसालको भनाइ थियो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पले क्षति पु¥याएका भौतिक संरचनाको पुनर्निर्माणमा भएका प्रगतिबारे जानकारी गराउँदै सबैको सामूहिक प्रयासले मात्र यो सम्भव भएको हो भने । पुनर्निर्माणका क्रममा जनताले प्रत्यक्ष रुपमा विभिन्न लाभ प्राप्त गरेको बताउँदै उहाँले पुनर्निर्माणका क्रममा स्थानीय मौलिक प्रविधिको विकास र प्रयोगसमेत भएको जानकारी गराए ।

ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनले सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधारको खाँचो आँैल्याउँदै निर्माण र पुनर्निर्माण भएका विद्यालयको मर्मतसम्भार गरी दुरुस्त राख्न सरोकारवाला सबैको ध्यानाकर्षण गराए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन मिश्रले विद्यालय निर्माणमा आवश्यक सहयोग गर्ने सबैलाई धन्यवाद दिए । रासस



प्रतिक्रिया दिनुहोस्