Logo

काठमाडौंमा एकैदिन ४९५ संक्रमित थपिए



काठमाडौँ, ३० भदौ । आज देशभर १७ सय ६० कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै ४ सय ९५ जना थपिएको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।

पछिल्लो २४ घन्टामा काठमाडौंमा ३६०, ललितपुरमा ७२ र भक्तपुरमा ६३ जना संक्रमित थपिएका हुन् । आज नेपालमा कोरोना भाइरसका १ हजार ७ सय ६० जना संक्रमित थपिएका छन् ।

मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा १२ हजार ५ सय २४ जनाको परीक्षणमा १३ सय ३२ पिसीआर र ४ सय २८ एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो ।

 



प्रतिक्रिया दिनुहोस्