Logo

लुम्बिनी फुटसललाई अल्फा बिटा थिटाको साथ



पोखरा, ३० भदौ । पोखरामा आयोजना हुने ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग खेल्ने तयारीमा रहेको रुपन्देहीको लुम्बिनी फुटसल प्रालिले अल्फा बिटा थिटा र चाइना ट्रेडलिङक प्रालि (लिनिङ)को साथ पाएको छ ।

अमेरिकाको टेक्सास सहरमा केन्द्रीय कार्यालय रहेको आइटी कम्पनी अल्फा बिटा थिटा मुख्य प्रायोजक र विश्वस्तरीय खेल पोशाक उत्पादक कम्पनी लिनिङ प्रायोजकका रुपमा लुम्बिनीसँग जोडिएका हुन् । सम्झौतामा लुम्बिनी फुटसल प्रालिका प्रज्वल श्रेष्ठले अल्फा बिटा थिटाका कार्यकारी निर्देशक मिजेस श्रेष्ठ र लिनिङका बजार व्यवस्थापक कृतराज महर्जनले आज हस्ताक्षर गरे ।

सम्झौतानुसार अल्फा बिटा थिटाले लुम्बिनीलाई रु चार लाख प्रदान गर्नेछ । लुम्बिनीले लिगमा अल्फा बिटाको प्रतीक चिह्नाङ्कित जर्सी लगाउने छ । यस्तै लिनिङले लुम्बिनी फुटसललाई रु दुई लाख बराबरको जर्सीलगायत खेल पोशाक उपलब्ध गराउने छ । पोखराको बहुद्देश्यीय कभर्ड हलमा उक्त लिग आगामी असोज २ गतेदेखि सञ्चालन हुनेछ । लिगमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस्