Logo

बुटवलमा कार्यकर्तालाई ओलीले सोधे–हाम्रो नेतृत्वको सरकारले राम्रो काम गर्दा माधव नेपालले कहिल्यै समर्थन गरेको सुन्नुभयो ?



काठमाडौं, ३० भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारमा हुँदा र माधव नेपालपनि एउटै पार्टीमा हुँदा सरकारले गरेका राम्रा कामको कहिल्यैपनि समर्थन नगरेको टिप्पणी गरेका छन् । एमालेले आज (बुधबार) बुटवलमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘हाम्रो नेतृत्वको सरकारले राम्रो काम गर्दा माधव नेपालले कहिल्यै सरकारको समर्थन गरेको सुन्नुभयो ? सरकारको प्रशंसामा एक शब्द बोलेको सुन्नुभयो ? यस्तो कुन्ठाग्रस्त मान्छेलाई तपाईंहरू कसरी कामरेड भन्नुहुन्छ ?’

उनले अब माधव नेपाललाई कमरेड भन्नपनि नसकिने टिप्पणी गरे । उनले भने, ‘मलाई साथीहरूले माधव कामरेड भन्नुस् भन्नुहुन्छ ? कसरी कामरेड भन्नु ? एमालेमाथि बन्चरो हान्नेलाई कामरेड भन्छन् ? एमाले चोइट्याउनेलाई कामरेड भन्छन् ? माधव नेपाल कामरेड होइन, एमालेविरोधी, अपराधकर्म गर्ने मान्छे हुन् । प्रतिक्रियावादीको सेवा गर्ने कठपुतलीवाला सरकार बनाउने अगुवा हुन् ।’

 



प्रतिक्रिया दिनुहोस्