Logo

हाम्रो हुत्ति छैन, चीनको हुत्ति भएकाले पिलर राख्योः सांसद छक्कबहादुर लामा (भिडियोसहित)



काठमाडौं, ३० भाद्र । हुम्लाबाट निर्वाचित सांसद छक्कबहादुर लामाले चीनले नेपाली भूमि नमिचेको ठोकुवा गरेका छन् । तर, चीनसँगको सीमामा १२ नम्बरको पिलर नयाँ राखेको बताए ।

‘१२ नम्बरको पिलर नयाँ हो,’ प्राइम टाइम्स टेलिभिजनमा ऋषि धमलासँगको अन्तवार्तामा सांसद लामाले भने, ‘हाम्रो हुत्ति छैन चीनको हुत्ति भएकाले पिलर राख्यो ।’

लामाले चीनले भवन बनाएको जमिनहरु फिर्ता ल्याउन सकेमा राजीनामा दिने घोषणा समेत गरे । सन् १९८२ अघि नेपालले सीमाको विषय उठाउनुपर्नेमा नउठाएकोले अहिले उठाएर केही नहुने बताए । उनले भने, ‘त्यसो हो भने मानसरोवर पनि हाम्रो हो ।’

चीनले नेपाली भूमि मिचेको प्रमाण देखाउन समेत चुनौती दिए । सीमाको समस्या ल्याएर चीनसँगको सम्बन्ध बिगार्न खोजेको आरोप लगाए ।

हुम्लामा विगतमा पारीतर्फ सहज आवतजावत हुनेमा अहिले सीमाको मुद्दा उठाउनाले समस्या खडा भएको बताए । उनले भने, ‘पहिलो रोकटोक थिएन, अहिले सीमाको विषय उठाएर रोकटोक भयो ।’



प्रतिक्रिया दिनुहोस्