Logo

भूमी आयोग गठन, अध्यक्षमा केशव निरौला



काठमाडौं, ३० भाद्र । सरकारले सुकुम्बासी समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोग गठन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले आयोग गठन गर्दै अध्यक्षमा केशव निरौलालाई नियुक्त गर्ने निर्णय समेत गरेको छ ।

विराटनगरका निरौला नेपाली काँग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानमा थिए । उनी नेपाल शिंक्षक महासंघको पूर्व अध्यक्ष पनि हुन् ।

देवी ज्ञवाली अध्यक्ष रहेको भूमि समस्या समाधान आयोग बिघटन गर्ने सरकारको निर्णय सर्वोच्चमा विचाराधीन भइरहँदा भूमि आयोग गठन भएको हो ।



प्रतिक्रिया दिनुहोस्