Logo

प्रदेश १ को मन्त्रिमण्डल बिस्तार, दुई मन्त्री र तीन राज्यमन्त्री नियुक्त



राटनगर, भदौ ३१ । प्रदेश १ सरकारका मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् बिस्तार गरेका छन् । पार्टी विभाजन भई सरकार अल्पमतमा परिसकेको अवस्थामा मुख्यमन्त्री आचार्यले मन्त्रिपरिषद् बिस्तार गरेका हुन्।

मुख्यमन्त्री आचार्यले बुधबार थप दुई मन्त्री र तीन राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषदलाई आठ सदस्यीय बर्नाएका छन् । मुख्यमन्त्रीले संखुवासभाका सांसद तुलसी न्यौपानेलाई आर्थिक मामिला तथा योजना मन्त्री, झापाका सांसद हीराकुमार थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त गरेका छन् ।

मन्त्रिपरिषद बिस्तारका क्रममा सोलुखुम्बुका सांसद उत्तमकुमार वस्नेत उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री, मोरङका सांसद ज्ञानेश्वर राजवंशी भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री र मोरङकै सांसद लीलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानून मन्त्री नियुक्त भएका छन्।

नवनियुक्त मन्त्रिद्वयलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले र राज्यमन्त्रीहरुलाई मुख्यमन्त्री आचार्यले शपथ गराए । भदौ १० गते मुख्यमन्त्रीमा नियुक्त भएका भीम आचार्यले पहिलो पटक भदौ ११ गते दुई जना मन्त्रीहरुलाई मन्त्रिपरिषदमा सामेल गराएका थिए। गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्