Logo

हिमालय एयरलाइन्सका जहाजमा जीवनदायी मेसिन जडान



काठमाडौं, भदौ ३१। हिमालय एयरलाइन्सले यसै साता आफ्ना सबै जहाज तीन वटा एयरबस ३२० र एउटा एयरबस ३१९ मा बाह्य रूपमा प्रयोग गर्न मिल्ने अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर (एईडी) राखिएको छ ।

उक्त जीवनदायी मेसिन राखिएपछि कम्पनीका जहाजमा यात्रा गर्दा विगतभन्दा सुरक्षित, विश्वसनीय र आरामदायी हुने कम्पनीले बताएको भएको छ । एईडी एक यस्तो जीवनदायी मेसिन हो, जसले बिरामीको हृदयगति अकस्मात् बन्द हुँदा वा हुन लाग्दा त्यसलाई रोकी हृदयगति सुचारु राख्न सघाउ पुग्नेछ । हिमालय एयरलाइन्स अटोमेटेड एइडी राखिएको राष्ट्रकै पहिलो र एक मात्र कम्पनी भएको छ ।

यात्रुको हृदय गति बन्द भए, नाडी बन्द भए वा श्वास–प्रश्वास रोकिए यो मेसिनको सहायताले बिरामीको मुटुमा एक प्रकारको दबाब दिएर मुटु, श्वास–प्रश्वास र नाडीको गति पुनः कायम गराउन सकिने कम्पनीले बताएको छ । केही सातादेखि हिमालय एयरलाइन्सका सबै उडान कर्मचारीलाई उक्त जीवनदायी मेसिन प्रयोगबारे तालिम दिएर दक्ष बनाइएको कम्पनीको भनाइ छ ।

एअरलाइन्सले यी मेसिन आफ्नो प्रधान कार्यालय तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित ग्राउन्ड ह्यान्डलिङ कार्यालयमा समेत जडान गरी सबै सम्पूर्ण कर्मचारीको स्वास्थ्य सुरक्षाको प्रत्याभूति गराएको दाबी गरेको छ ।



प्रतिक्रिया दिनुहोस्